१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

अमेरिकाकी उपविदेश मन्त्री सारा बी रोजर्स काठमाडौँ आइपुगे,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, जेठ १७, २०८३

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्।

वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।

साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्।

रोजर्सले मे २७ देखि जुन १० सम्म भारत, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानको यात्रा गर्दैछिन्।

शाहको नेतृत्वमा सरकार गठन भएयता अमेरिकी उच्चस्तरीय अधिकारीहरूले नेपाल भ्रमण गरिरहेका छन्।

यसअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए।

अमेरिकी उपविदेशीमन्त्रीको पदभार ग्रहणपछि रोजर्स पहिलोपटक मध्य एसियाको भ्रमणमा निस्केकी हुन्।

रोजर्स काठमाडौँस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। हार्करले जेठ ६ गते सगरमाथाको आरोहण गरेका थिए।

यसै अवसरमा अमेरिकी दूतावासले रोजर्सको सम्मानमा आइतबार ‘द एसेन्ट समिट’ नाम दिएर विशेष समारोह आयोजना गरेको छ। यस समिटमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]