१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बढ्दो गर्मी र खडेरीका कारण पानीका प्राकृतिक स्रोतहरू सुक्दै जाँदा चराचुरुङ्गीहरूको दैनिकी प्रभावित,

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ १७, २०८३

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने कार्यसमेत गरिएको छ। अभियानमा जनावर अधिकारकर्मी सुबास साहु तथा वातावरण अभियन्ता हेमन्त राज काफ्ले लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वातावरण अभियन्ता हेमन्त राज काफ्लेले गर्मीको समयमा मानिसले मात्र होइन, चराचुरुङ्गी, जनावर र अन्य साना जीवहरूको आवश्यकताप्रति पनि संवेदनशील हुनुपर्ने बताए। उनले प्रकृतिको सन्तुलन कायम राख्न र जैविक विविधता संरक्षण गर्न यस्ता जीवहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनीहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको धारणा राखे।

अभियानका संयोजक महेश श्रेष्ठले अत्यधिक गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गीहरू समस्यामा परिरहेको देखेपछि यो अभियान सुरु गरिएको बताए। फालिएका प्लास्टिकका बोतललाई पुनः प्रयोग गरेर वातावरण संरक्षणसँगै जीवजन्तुको जीवन बचाउन सानो प्रयास गरिएको उनको भनाइ थियो। उनले आगामी दिनहरूमा पनि प्रत्येक शनिबार यस्ता पानीका भाँडाहरू निर्माण र व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिए।

स्थानीय बासिन्दाहरूले अभियानको स्वागत गर्दै घर, पसल, कार्यालय तथा सार्वजनिक स्थानमा पानीको सानो व्यवस्था गर्न सके धेरै चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन जोगाउन सकिने बताएका छन्।

जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरबीच सुरु भएको यो अभियानले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउन सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!