१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

बढ्दो गर्मी र खडेरीका कारण पानीका प्राकृतिक स्रोतहरू सुक्दै जाँदा चराचुरुङ्गीहरूको दैनिकी प्रभावित,

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ १७, २०८३

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने कार्यसमेत गरिएको छ। अभियानमा जनावर अधिकारकर्मी सुबास साहु तथा वातावरण अभियन्ता हेमन्त राज काफ्ले लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वातावरण अभियन्ता हेमन्त राज काफ्लेले गर्मीको समयमा मानिसले मात्र होइन, चराचुरुङ्गी, जनावर र अन्य साना जीवहरूको आवश्यकताप्रति पनि संवेदनशील हुनुपर्ने बताए। उनले प्रकृतिको सन्तुलन कायम राख्न र जैविक विविधता संरक्षण गर्न यस्ता जीवहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनीहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको धारणा राखे।

अभियानका संयोजक महेश श्रेष्ठले अत्यधिक गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गीहरू समस्यामा परिरहेको देखेपछि यो अभियान सुरु गरिएको बताए। फालिएका प्लास्टिकका बोतललाई पुनः प्रयोग गरेर वातावरण संरक्षणसँगै जीवजन्तुको जीवन बचाउन सानो प्रयास गरिएको उनको भनाइ थियो। उनले आगामी दिनहरूमा पनि प्रत्येक शनिबार यस्ता पानीका भाँडाहरू निर्माण र व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिए।

स्थानीय बासिन्दाहरूले अभियानको स्वागत गर्दै घर, पसल, कार्यालय तथा सार्वजनिक स्थानमा पानीको सानो व्यवस्था गर्न सके धेरै चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन जोगाउन सकिने बताएका छन्।

जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरबीच सुरु भएको यो अभियानले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउन सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]