२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

जमुना प्रहरीको फन्दामा ब्राउनसुगर सहित एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँके माघ २५ ईलाका प्रहरी कार्यालय जमुना नेपालगन्जले लागुऔषध व्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
टिकापुर नगरपालिका १, निवासी २० वर्षिय शिवराज पुरीलाई ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको सीमावर्ती बजार रुपैडिहाबाट १८ ग्राम ब्राउनसुगर लिएर नेपालगन्ज आउदै गरेको अर्को २०० ग्राम ब्राउन सुगर सहित अब्दुल रसिद उफ चारबाबुलाई ईलाका प्रहरी कार्यालय जमुना प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक माधव रिजालको टिमले लागू औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
नेपालगन्ज जमुना प्रहरी प्रमुख रिजालका अनुसार शनिबार बेलुका तिर हेल्मेट भित्र लुकाएर भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउदै गरेको गोप्य सूचनाको आधारमा उनलाई जमुना प्रहरीले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुना प्रहरी प्रमुख रिजालले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!