१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

किर्ते नागरिकता कसूर मुद्दामा पक्राउ परेका वीरगन्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ १९, २०८३

वीरगन्ज । झुठो विवरण पेश गरी नागरिकता बनाएको र लिखतसम्बन्धी (किर्ते) कसूर मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेश बमोजिम आवश्यक धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्।

अदालतले सिंहसँग दुई छुट्टाछुट्टै कसूरमा जम्मा ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। जसअन्तर्गत झुठो विवरण पेश गरी नागरिकता सम्बन्धी कसूरमा १५ हजार रुपैयाँ र लिखत सम्बन्धी (किर्ते) कसूरमा ४ लाख रुपैयाँ धरौटी तोकिएको थियो। अदालतले मागे बमोजिमको उक्त रकम बुझाएपछि उनी थुनामुक्त भएका हुन्।

नक्कली कागजातका आधारमा अर्कैकी छोरीलाई आफ्नै छोरी दाबी गरी नागरिकता र अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोपमा सिंहमाथि अनुसन्धान चलिरहेको छ। यसअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अदालतमा हाजिर गराएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]