१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

३० नम्बर गण बाँकेमा एसपी भिम चन्द आएदेखि धमाधम अवैध सामान तथा लागुऔषधसहित २ जना पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ १९, २०८३

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके तथा मातहत इकाईहरूबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको रु. २१ लाख ७९ हजार १८१ बराबरका विभिन्न सामान बरामद गरेको छ।

बरामद गरिएका सामानमा औषधि, लत्ताकपडा, पेय पदार्थ, किराना सामान, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, एक थान मोटरसाइकल तथा एक थान ट्याक्टर रहेका छन्।यसै क्रममा टोलीले ब्राउन सुगर ०.६४० मिलिग्राम, ट्रामाडोल २१० ट्याब्लेट, नाइट्रोभेट ४० ट्याब्लेट र स्पास पराक्स ६ ट्याब्लेटसहित लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला बाँकेको जानकी गाउँपालिका–५ गुरुवागाउँ निवासी ३० वर्षीय विष्णु यादव र जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका–३ दमरगाउँ निवासी २६ वर्षीय शेरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।

बरामद अवैध सामानहरू आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, लागुऔषधसहित पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]