२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कैदीलाई होटलमा लगेर मासु बियर खुवाउनुका साथै युवतीसँग भेट गराएपछि २ प्रहरी बर्खास्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २१, २०८३

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय काटिरहेका एक कैदीलाई नियमविपरीत होटलमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग भेट गराएको फेला परेपछि दुई जना प्रहरी कर्मचारी बर्खास्तगीमा परेका छन्।

गत जेठ १ गते केन्द्रीय कारागारमा रहेका कैदी अनुप भण्डारीलाई हतकडी नै नलगाई कारागारबाहिर निकाली होटलसम्म पुर्‍याउने कार्यमा संलग्न प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीले घटनाको विषयमा छानबिन गरी दोषी पाइएका दुवै जनालाई बर्खास्त गरिएको पुष्टि गरेका छन्। उनीहरूमाथि आवश्यक छानबिन गरी पदबाट बर्खास्त गरिएको अधिकारीले बताए।

प्रहरी सहायक हवल्दार कुँवर र जवान विकले कैदी भण्डारीलाई ‘अस्पताल लैजाने’ बहाना बनाएर कारागारबाट बाहिर निकालेका थिए। तर, उनीहरूले कैदीलाई अस्पताल लैजानुको साटो होटल पुर्‍याएर मासु र बियर खुवाएका थिए।

यति मात्र नभई, ती प्रहरी कर्मचारीहरूले कैदी भण्डारीलाई होटलमा युवती समेत भेट गराउन सहयोग गरेको छानबिनबाट खुलेको छ। सुरक्षा संवेदनशीलतामा गम्भीर लापरबाही गर्दै कैदीलाई बाह्य गतिविधिमा संलग्न गराएको र व्यावसायिक आचरण उल्लंघन गरेको ठहर गर्दै प्रहरीले उनीहरूमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]