१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

जिल्ला प्रहरी परिसर काठमाडौंमा नयाँ एसएसपी घिमिरेको स्वागत एसएसपी थापाको बिदाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २१, २०८३

काठमाडौं । नयाँ प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे* ज्यू
सरुवा भई जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा आउनुभएको छ। काठमाडौं उपत्यका भनेको देशको सबैभन्दा संवेदनशील र व्यस्त सुरक्षा क्षेत्र हो। शान्ति सुरक्षा, ट्राफिक, अपराध नियन्त्रण, VIP सुरक्षा सबैको जिम्मेवारी उहाँमाथि पर्छ।

*बिदाइ – “फेरि भेटौँला”*
*प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा* ज्यू
काठमाडौंबाट सरुवा भई कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नुभएको छ। उहाँले काठमाडौंमा रहँदा गरेको कामको लागि परिसरले बिदाइ र सम्मान गरेको हो।

एसपी तहका अफिसरको सरुवा भनेको नीति र प्राथमिकता फेरिनु पनि हो। दिलिप घिमिरे ज्यूबाट काठमाडौंबासीले चेन स्न्याचिङ, लागूऔषध, साइबर ठगी र ट्राफिक व्यवस्थापनमा अझै कडाइको अपेक्षा राखेका छन्।

काठमाडौं प्रहरीले पछिल्लो समय CIB र अनुसन्धानमा राम्रो काम गरिरहेको छ। नयाँ एसएसपीसँग त्यो निरन्तरता जान्छ कि नयाँ शैली देखिन्छ, त्यो हेर्न बाँकी।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]