१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नेपाली सेना बन्ने युवाहरुलाई प्रियासनको आग्रह–देशलाई गौरब हुने गरी काम गर्नुपर्छ,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, जेठ २१, २०८३

दाङ । द होप ट्रेनिङ सेन्टरले नेपाल सेनामा नाम निकाल्न सफल प्रशिक्षार्थीलाई सम्मान तथा विदाई गरेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको द होप ट्रेनिङ सेन्टरले विहीवार कार्यक्रमको आयोजना गरि ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएका १९ जनालाई सम्मान तथा विदाई गरेको हो । सेन्टरको १४ औ ब्याचअन्तर्गत प्रशिक्षण लिएका १९ जनाले नेपाली सेनामा नाम निकाल्न सफल भएका छन् ।  ट्रेनिङ सेन्टरका सञ्चालक गिररोदन महराको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सफल प्रशिक्षार्थीलाई अविर टिका र मायाको चिनो प्रदान गरिएको ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासनले राष्ट्रको सेवाका लागि नेपाली सेनामा भर्ना हुन सफल युवाहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाको कार्यमा लाग्न आग्रह गर्नु भएको थियो । प्रियासनले देशलाई गौरब हुने गरी काम गर्न युवाहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले गीत तथा नेतृत्व समेत प्रस्तुत गरेका थिए । सम्मान कार्यक्रमको सहजीकरण प्रवन्ध निर्देशक भ्युमान पुनले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]