सिरहा । जिल्ला परीक्षा समन्वय समितिले ठूलै निर्णय गर्यो। *७ iPhone, ४८९ Android, ५ Smartwatch = जम्मा ५०१ वटा* उपकरण जिल्ला प्रहरी कार्यालयमै पानीमा २४ घण्टा डुबाएर र केही फुटाएर नष्ट गरियो। मूल्य: *१ करोड+*
*नष्ट गर्नुको कारण प्रशासनले यस्तो भन्यो:*
1. *कानुनी जटिलता*: विद्यार्थीको नाममा दर्ता, चोरीको फोन पर्ने डर। लिलामी गर्दा वास्तविक धनी को हो भन्ने झन्झट
2. *सुरक्षा जोखिम*: फोनमा Data, निजी फोटो, पासवर्ड हुन्छ। गलत हातमा पुगे दुरुपयोग हुन्छ
3. *सन्देश*: “परीक्षामा ठगी गरे यस्तो हुन्छ” भन्ने कडा सन्देश विद्यार्थी/अभिभावकलाई
*सामाजिक सञ्जालमा २ धारको बहस:*
*”ठिक गर्यो” भन्ने पक्ष*
– परीक्षा मर्यादा भन्दा महँगो केही हुँदैन। कडा नभए अर्को वर्ष फेरि हुन्छ
– लिलामी गरे “समातिए पनि फोन फिर्ता हुन्छ” भन्ने मानसिकता बस्छ
– चोरीको फोन हुन सक्छ, त्यसैले नष्ट गर्नु नै सुरक्षित
*”बरबाद गर्यो” भन्ने पक्ष*
– १ करोडको सामान डुबाउनुको सट्टा लिलामी/सरकारी प्रयोगमा ल्याए राज्यलाई फाइदा हुन्थ्यो
– विद्यार्थीलाई जरिवाना + फोन फिर्ता नगर्ने नीति बनाउन सकिन्थ्यो
– गरिब विद्यार्थीको फोन हुन सक्छ। एउटा फोनले परिवारको महिनाको खर्च चल्छ
*मेरो बुझाइ:*
नियम उल्लंघनमा कडाइ जरुरी छ, त्यसमा दुईमत छैन। SEE जस्तो राष्ट्रिय परीक्षामा नक्कली चिप, ब्लुटुथ डिभाइस देखि स्मार्टवाचसम्मको ठगी बढेको छ। समितिले “दृष्टान्त” बनाउन खोज्यो।
तर १ करोडको सम्पत्ति नष्ट गर्दा “वैकल्पिक उपाय” थिए कि थिएनन् भन्ने प्रश्न पनि उठ्छ। उदाहरण: डेटा Delete गरेर शिक्षा मन्त्रालय/विद्यालयलाई कम्प्युटर ल्याबको लागि दिने, वा धनी नभेटिएको ६ महिनापछि लिलामी गर्ने।
अर्को वर्षबाट यो डरले विद्यार्थीले फोन बोकेरै जाँदैनन् भने उद्देश्य पूरा हुन्छ।