२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम घोराहीमा धुमधामसँग सम्पन्न,

Logo
सागर थापा प्रकाशित शुक्रबार, जेठ २२, २०८३

दाङ । घोराही ट्राफिक चोक → नेपाल टेलिकम → लखन पार्क → न्युरोड → तुल्सिपुर चोक* सम्मको पैदल यात्राले शहरैभरि सन्देश गयो होला।

घोराही उपमहानगरका *बन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक भान सिंह बुढामगर* ज्यूको अध्यक्षता र *उप्रमुख हुमा कुमारी डी.सी.* ज्यूको प्रमुख आतिथ्यतामा जनप्रतिनिधि, कर्मचारी, संघ-संस्था, कलेजका साथीहरु सबै जुटेर नारा सहित सचेतना फैलाउनुले “वातावरण सबैको साझा जिम्मेवारी” भन्ने कुरा बुझायो।

लखन पार्क हुँदैको रुट रोज्नु पनि राम्रो भयो। पार्क भनेको शहरको फोक्सो हो, त्यहाँबाट हिँड्दा मान्छेलाई हरियालीको महत्व आफैँ महसुस हुन्छ।

यस्ता प्रभातफेरिले १ दिनको रौनक मात्र नभई वर्षभरि प्लास्टिक कम गर्ने, रुख रोप्ने, फोहोर वर्गीकरण गर्ने बानी बसाल्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]