१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

सुदूरपश्चिम प्रदेश डीआईजी ओमबहादुर राना नेतृत्वमा देशभर पहिलो सर्वोकृष्ट कार्यसम्पादन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २३, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश डीआईजी ओमबहादुर राना मगरको कुशल नेतृत्वमा रहेको कार्यालयले आर्थिक वर्षको पहिलो ९ महिनामा ८५.११ प्रतिशत अंक प्राप्त गरी देशभर प्रथम स्थान हासिल गरेको हो।

यो सफलता कोसेढुङ्गा हो किनभने यसअघि अर्धवार्षिक मूल्याङ्कनमा समेत यही कार्यालयले ८०.२१ प्रतिशत अंकसहित उत्कृष्ट प्रदर्शन गरिसकेको थियो।

प्रहरी संगठनको कार्यसम्पादन, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह तथा संगठनात्मक प्रभावकारितालगायत विभिन्न सूचकमा गरिएको मूल्याङ्कनमा सुदूरपश्चिमले उत्कृष्टता कायम राख्यो।

विशेषगरी हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सफल बनाउन डीआईजी रानाको टोलीले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिएको छ।

सोही उपलब्धिको कदरस्वरूप प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीआईजी रानालाई नगदसहित सम्मान तथा पुरस्कृत गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समर्पण, सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गरिरहेको छ।

यो उपलब्धिले प्रदेश प्रहरीको मनोबल अत्यन्त उच्च बनाएको छ तथा आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्न प्रेरणा मिलेको डीआईजी रानाले बताएका छन्।

सुदूरपश्चिमको यो कीर्तिमानले समग्र नेपाल प्रहरीकै लागि उदाहरणीय बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]