१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

सुदूरपश्चिम प्रदेश डीआईजी ओमबहादुर राना नेतृत्वमा देशभर पहिलो सर्वोकृष्ट कार्यसम्पादन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २३, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश डीआईजी ओमबहादुर राना मगरको कुशल नेतृत्वमा रहेको कार्यालयले आर्थिक वर्षको पहिलो ९ महिनामा ८५.११ प्रतिशत अंक प्राप्त गरी देशभर प्रथम स्थान हासिल गरेको हो।

यो सफलता कोसेढुङ्गा हो किनभने यसअघि अर्धवार्षिक मूल्याङ्कनमा समेत यही कार्यालयले ८०.२१ प्रतिशत अंकसहित उत्कृष्ट प्रदर्शन गरिसकेको थियो।

प्रहरी संगठनको कार्यसम्पादन, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह तथा संगठनात्मक प्रभावकारितालगायत विभिन्न सूचकमा गरिएको मूल्याङ्कनमा सुदूरपश्चिमले उत्कृष्टता कायम राख्यो।

विशेषगरी हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सफल बनाउन डीआईजी रानाको टोलीले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिएको छ।

सोही उपलब्धिको कदरस्वरूप प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीआईजी रानालाई नगदसहित सम्मान तथा पुरस्कृत गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समर्पण, सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गरिरहेको छ।

यो उपलब्धिले प्रदेश प्रहरीको मनोबल अत्यन्त उच्च बनाएको छ तथा आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्न प्रेरणा मिलेको डीआईजी रानाले बताएका छन्।

सुदूरपश्चिमको यो कीर्तिमानले समग्र नेपाल प्रहरीकै लागि उदाहरणीय बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!