१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

तनहुँ प्रहरीद्वारा ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ २५, २०८३

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो।

थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर ल्याइएको अवस्थामा फेला पारिएको थियो।

प्रहरीले उक्त सवारी साधनलाई राति करिब ९:२५ बजे नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार नियन्त्रणमा लिइएको गाडीलाई सोमबार बिहान ८:०० बजे नियमानुसार कारबाहीका लागि ब्यास नगरपालिकाको कार्यालय पठाइएको थियो।

नगरपालिकाले उक्त सवारी साधनलाई १० हजार रुपैयाँ जरिवाना गरी छाडेको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

पशु ढुवानी गर्दा न्यूनतम मापदण्ड समेत पालना नगरेको र अवैध रूपमा ओसारपसार गरेको पाइएपछि प्रहरीले उक्त कदम चालेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]