१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने ३ बजे शपथ ग्रहण हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ २६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन्।

गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी अगाडि बढाइएको स्राेतले जनाएकाे छ। राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि गत चैत १३ गते गृहमन्त्रीको रूपमा पहिलोपटक कार्यभार सम्हालेका गुरुङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ गते) पदबाट राजीनामा दिएका थिए। आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि बाटो खुला गर्न भन्दै उहाँले नैतिकताको आधारमा तत्कालीन समयमा राजीनामा बुझाएका थिए।

उनीमाथि लागेका आरोपहरूको विस्तृत अध्ययन र छानबिन गर्न सरकारले गत वैशाख अन्तिम साता उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो। उक्त छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउँदै उनलाई सफाइ (क्लिन चिट) दिएको वा राजनीतिक समीकरणमा कुरा मिलेको आधारमा गुरुङलाई पुनः सोही शक्तिशाली मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हाे।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुरुङ रास्वपाभित्र र युवा वृत्तमा आक्रामक एवं ऊर्जावान् नेताका रूपमा चिनिन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]