कास्की । पोखरा २० भलाम र पोखरा–१६ दीप जोड्ने लामो झोलुङ्गे पुलबाट अन्दाजी ४५–५० वर्षका एक पुरुषले हामफालेर ज्यान गुमाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि कास्की प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा थप विवरण संकलन गरिरहेको छ। मृतकको पहिचान र घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।