१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

ट्राफिक नियम उल्लंघनमा कसैलाई सहुलियत नदिन एसएसपी सुरेश काफ्लेको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ २९, २०८३

काठमाडौं । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई पनि सहुलियत नदिन मातहतका ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्।

उनले ट्राफिक नियम उल्लंघन गर्ने जो-कोही भए पनि कानुनी कारबाही निर्दयताका साथ गर्नुपर्ने बताउँदै कसैलाई पनि छुट नदिन स्पष्ट निर्देशन दिएका हुन्।

सडकमा खटिने ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निगरानीमा रहने भएकाले उनीहरूको बोली, व्यवहार, अनुशासन र निष्पक्ष कार्यसम्पादनले समग्र संगठनको छवि निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने एसएसपी काफ्लेले उल्लेख गरे।

उनले ट्राफिक प्रहरी संगठनको ‘ऐना’ भएकाले आफूलाई सोही अनुसार प्रस्तुत गर्नुपर्ने बताउँदै आर्थिक पक्षमा ‘Zero Tolerance’ नीति कडाइका साथ लागू गर्न निर्देशन दिए।

धुलो, धुवाँ, घाम-पानीको प्रवाह नगरी निरन्तर ड्युटीमा खटिने ट्राफिक प्रहरीको सानो गल्ती वा लोभले समेत संगठनलाई बदनाम गर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन उनको आग्रह थियो।

उनले राम्रो कार्य गर्ने कर्मचारीलाई नागरिकको समर्थन सधैं रहने उल्लेख गर्दै गलत क्रियाकलापमा संलग्नलाई कुनै पनि समर्थन नहुने स्पष्ट पारे।

सबै तह र ओहदाका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले व्यवहारमा शिष्टता, नम्रता र कानून कार्यान्वयनमा दृढता अपनाउन पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको […]