१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

बाँके जमुनाहा यात्रु शाखा भन्सार कर्मचारीको सेटिङ भत्कियो,२ अटो सामानसहित २ जना सशस्त्र प्रहरीद्वारा पक्राउ,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक १३, २०८३

 

बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा रहस्य खुलेको थियो ।

बाँकेमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरीका गणपति प्रहरी उपरीक्षक एसपी भिम चन्द बाँकेमा आएदेखि धमाधम तस्करीको समान पक्राउ र तस्करको जालो भत्किएको छ । सशस्त्र प्रहरी बल ३० गण बाँकेका गणपति एसपी चन्दका अनुसार सशस्त्र प्रहरीको विशेष टोलीले चेकजाँच गर्ने क्रममा समानहरु फेला परेको बताए ।

अटोमा लोड गरिएको कपडाको प्रज्ञापन पत्र हेर्दा अन्डर बिलिङ गरेर ल्याएको फेला परेको छ। कागजमा उल्लेख भएको परिमाण र अटोमा रहेको वास्तविक परिमाणमा ठूलो अन्तर छ।

नेपालगन्ज घरबारी टोल बस्ने (सकिल) नामका व्यक्तिले ४/५ जनाको नाममा यात्रु शाखाबाट छुट्टाछुट्टै प्रज्ञापन पत्र भन्सार कटाएर दुईटै अटोमा सामान लोड गरी विगत ६ महिनादेखि खुलेआम नेपालगञ्ज भित्र्याउने गरेको पाइएको छ।

बरामद गरिएको कपडा र सवारी साधनको अन्दाजी मूल्य करिब १२ लाख रुपैयाँ रहेको छ। दुवै अटोसहित सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको २ जनालाई धरौटीमा भन्सारले छोरेको सशस्त्र प्रहरी बल बाँकेका गणपति प्रहरी उपरीक्षक एसपी भिम चन्दले बताए । एसपी चन्दका अनुसार अझै थप कडा निगरानीको साथमा तस्करीका सेटिङ्ग जालो भत्काउने थप ससक्त भएर चेकजाँचलाई तीब्र पार्ने एसपी चन्दले जानकारी दिएका छन् ।

नियम अनुसार यात्रु शाखा भनेको सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउने सानो परिमाणको सामानको भन्सार गर्ने ठाउँ हो। व्यापारिक प्रयोजनको सामान मुख्य भन्सार ICP बाटै जाँचपास गर्नुपर्छ। तर यहाँ लाखौंको सामान यात्रु शाखा कर्मचारीबाटै विभिन्न नाममा प्रज्ञापन पत्र बनाएर कसको सेटिङमा भइरहेको हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ।

स्रोतका अनुसार यो घरबारी टोलका सकिल र भन्सार यात्रु शाखाका कर्मचारीको मिलेमतोमा लामो समयदेखि हुँदै आएको छ। स्थानीयले यात्रु शाखा कर्मचारीको दुरुपयोग रोक्न निष्पक्ष छानबिन हुनुपर्ने नेपालगन्जका ब्यापारीहरुले बालेन सरकार प्रधानमन्त्री कार्यालय गृहमन्त्री कार्यालय हलो सरकार अख्तियारलाई जोरदार माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको […]