१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

सांसद सृष्टी भट्टराई गुडिरहेको कारको झ्यालबाट जीउ बाहिर निकालेर मस्ती मुडमा यात्रा ट्राफिक नियम उल्लंघन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ०२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की जेनजी सांसद सृष्टी भट्टराईको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा दौडिरहेको छ । भिडिओमा उनी गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी जीउ बाहिर निकालेर मस्ती मुडमा यात्रा गरिरहेको देखिएकी छन् ।

राजमार्गको यात्रामा यसरी झ्यालबाट जिउ निकाल्नु निकै असुरक्षित मानिन्छ । सांसदजस्तो जिम्मेवार व्यक्तिले यसरी गैरजिम्मेवार र उत्ताउलोपन देखाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् ।

हालैमात्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ एक हातले मोटरसाइल चलाउँदै भिडिओ खिच्दा दुघर्टनामा परेका थिए । उनलाई ट्राफिक कारवाहीसमेत भएको थियो । सृष्टीलाई पनि कारवाही हुन्छ कि हुँदैन भन्ने धेरैको प्रश्न छ ।

सृष्टीले ड्राइभर छेउको सिटमा बसेर आधाभन्दा बढी जिउ बाहिर निकालेकी मात्र छैनन्, बच्चाले झैं बबल फुलाएर थप मजा लिइरहेकी छन् । ब्याक ग्राउन्डमा अंग्रेजी गीत हालेर सृष्टीले गज्जबको भिडिओ त बनाएकी छिन्, तर उनको यो हर्कत सडक सुरक्षाका दृष्टिकोणले निकै महत्वपूर्ण छ । यस्तोमा अर्को दिशाबाट उच्च गतिमा आएको सवारी साधनले ठक्कर दिनसक्ने सम्भावना हुन्छ ।

यो भिडिओ सृष्टी सांसद हुनुभन्दा अगाडिकै हो । गत फागुन २१ गते (प्रतिनिधिभा चुनाव भएकै दिन) यो भिडिओ उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । त्यसबेला उनी रास्वपाको समानुपातिकको बन्दसूचीमा परिसके पनि सांसद बन्ने वा नबन्ने निश्चित भइसकेको थिएन । यद्यपि, अहिले पनि यो भिडिओ उनको इन्स्टाग्राममा यथावत नै छ ।

सृष्टी संसदभित्र त्यति सक्रिय छैनन् । तर पनि उनलाई चर्चाको कमि भने छैन । धेरै चर्चा चाहिँ उनको सुन्दरतालाई लिएर हुने गरेको छ । केही दिनअघि सृष्टीले आफ्नो अत्यधिक सुन्दरताका कारण आलोचना खेप्नु परेको गुनासो सामाजिक सञ्जालमा गरेकी थिइन् ।
उनले लेखेकी थिइन्–

‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा (वहाहरुको स्टेटमेन्ट) आलोचना गरिरहेको छ १ पाखण्डीपनको पराकाष्ठा । अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ।

सृष्टी सांसद बन्नुअघि सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रुपमा कार्यरत थिइन् । उनी कोशी प्रदेशमा करिअर काउन्सीलरका रुपमा पनि सक्रिय थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]