०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

दीपेन्द्र सरकारको अन्तिम दिनको दुर्लभ तस्बिर

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०३, २०८३

काठमाडौं । वि.सं. २०५८ साल जेठ १९ गते, शुक्रबार। दरबार हत्याकाण्ड हुनुभन्दा केही घण्टाअघि।
आज यो तस्बिर सार्वजनिक गर्दा मन निकै भारी भएको छ।
त्यो दिन दिउँसो करिब ३ बजेतिर म, सागर श्रेष्ठ, र मेरो मित्र रवि मानन्धर सातदोबाटोस्थित स्विमिङ पुल र दशरथ रङ्गशाला क्षेत्रमा थियौं। त्यही समयमा युवराजाधिराज श्री ५ दीपेन्द्र बीर विक्रम शाहदेव सरकार दशरथ रङ्गशालामा भइरहेको खेलकुद कार्यक्रमको तयारी तथा निरीक्षणका लागि आउनुभएको थियो।
हामीले उहाँको तस्बिर खिच्न खोज्दा दरबारका ADC ले रोक्नुभयो। तर त्यसबारे जानकारी पाएपछि युवराजाधिराज स्वयंले ADC लाई हामीकहाँ पठाउनुभयो र तस्बिर लिन अनुमति दिनुभयो। त्यसपछि हामी उहाँनजिक पुग्यौं। उहाँले अत्यन्त सहज र खुसी मुद्रामा विभिन्न पोज दिँदै तस्बिर खिचाउनुभयो।
त्यो साँझ देशको इतिहासकै सबैभन्दा दुःखद घटनामध्ये एक घट्नेछ भन्ने कल्पना हामीमध्ये कसैले पनि गरेका थिएनौं।
आज फर्केर हेर्दा, यो तस्बिर उहाँको जीवनको अन्तिम सार्वजनिक तस्बिरहरूमध्ये एक हुनसक्ने सम्झनाले मन भावुक बनाउँछ।
📷 फोटो: सागर श्रेष्ठ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!