१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

मनसुन विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रभावकारी बनाउने उद्देश्यका साथ अन्तर–विषयगत बैठक सम्पन्न :

Logo
बिदुर एमसी प्रकाशित बुधबार, आषाढ ०३, २०८३

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो ।

मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको पूर्वानुमान गर्दै त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, कृषि, शिक्षा, सञ्चार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरूले बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का समयमा तत्काल उद्धार, राहत वितरण, सूचना आदान–प्रदान र आवश्यक स्रोत–साधन व्यवस्थापनलाई चुस्त बनाउन साझा योजना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

मन्त्रालयले मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय र विभिन्न क्षेत्रगत समूहबीच नियमित समन्वय, पूर्वतयारी र प्रतिकार्य प्रणालीलाई मजबुत बनाउँदै लैजाने बताएको छ ।

बैठकमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थी, पिपुल इन्निड प्रवेश गौतमले सहजीकरण गरेका थिए ।

त्यस्तै सुपर परियोजना युनिसेफका प्रदेश संयोजक डम्मर बोहराले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ को मस्यौदाको प्रस्तुतिकरण सहितको सहजीकरण गरेका थिए । बैठकको सञ्चालन मन्त्रालयका विपद् फोकल पर्सन भुपबहादुर मल्लले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]