०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

नेपालगन्ज रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका आकर्षक चित्रहरू त्यहीँ पर्खालमा पिसाब गर्दै,कार्वाही कसले गर्ने?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०३, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ।
.
यस सम्बन्धमा केही जिज्ञासाहरू छन्:
१. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्?
२. ती सार्वजनिक शौचालयहरू नियमित रूपमा सञ्चालनमा छन् कि छैनन्?
३. भित्तेचित्र बनाइएको स्थानमा दिसापिसाब गरेको कारण मात्र कारबाही हुने हो, वा नेपालगञ्जका अन्य सार्वजनिक स्थानहरूमा पनि खुला रूपमा दिसापिसाब गरे कानुनअनुसार कारबाही हुने व्यवस्था छ?
४. यस्ता घटनामा जरिवाना तथा कारबाही गर्ने अधिकार वडा कार्यालय, वडा अध्यक्ष, नगर प्रहरी, उपमहानगरपालिका प्रशासन वा नगर प्रमुखमध्ये कसको हो?
५. यदि कुनै क्षेत्रमा यस्ता गतिविधि बारम्बार दोहोरिन्छन् भने त्यसको रोकथाम र व्यवस्थापनका लागि सम्बन्धित निकायले के कदम चाल्नेछ?
६. सार्वजनिक सम्पत्तिको संरक्षण तथा यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक स्थानहरूमा CCTV जडान गर्ने योजना छ कि छैन?
७. रानीतलाउ क्षेत्रमा भविष्यमा CCTV क्यामेरा जडान गर्ने कुनै योजना रहेको छ कि छैन?
नगरको सौन्दर्य, सरसफाइ र सभ्य वातावरण कायम राख्न स्थानीय सरकार र नागरिक दुवैको समान जिम्मेवारी रहेको हुँदा सम्बन्धित निकायबाट स्पष्ट जानकारी र प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्दछु।

यस्ता गतिविधिमा कानुनबमोजिम कारबाही केवल दोषी व्यक्तिलाई मात्र हुने हो, वा रोकथाम तथा व्यवस्थापनमा लापरवाही भएमा सम्बन्धित वडा कार्यालय, वडा अध्यक्ष, उपमहानगरपालिका वा सम्बन्धित निकायको पनि कुनै जवाफदेहिता हुन्छ?

नगरको सौन्दर्य, सरसफाइ र सभ्य वातावरण कायम राख्न स्थानीय सरकार र नागरिक दुवैको समान जिम्मेवारी रहेको हुँदा सम्बन्धित निकायबाट स्पष्ट जानकारी र प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्दछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!