०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

अम्बकेश्वरी कलेज खेल सप्ताहमा विजयहरूलाई पुरस्कार वितरण,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ ०५, २०८३

दाङ । घोराहीस्थित अम्बिकेश्वरी कलेजले आयोजना गरेको खेल सप्ताहमा सहभागी भएर विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ। कलेजले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। कलेजका विद्यार्थी संजीव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासन, कलेजका प्रिन्सिपल चन्द्रप्रकाश खनाल लगायतकाले विजयी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गर्नुभएको थियो। फुटबल, क्रिकेट भलिबल, फुट्सल, टेबल टेनिस, ब्याडमिन्टनलगायत विभिन्न खेलहरुमा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतमले खेल क्षेत्रको विकासका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। यसैगरी विशिष्ट अतिथि घोराही बनाउ अभियानका संयोजक सबिन प्रियसनले नेपाली खेल क्षेत्रलाई विश्वजगतमा पुर्‍याउन खेल शिक्षा अनिवार्य बनाउनुपर्ने बताउनुभयो । कलेजका प्रिन्सिपल चन्द्र प्रकाश खनालले खेलले शारीरिक र मानसिक सन्तुलन राख्ने भएका कारण सबैले यसलाई अनुसरण गर्नुपर्ने बताउनुभयो । कलेजका विद्यार्थी मनिष भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी केडिया पोखरेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

चितवन । पिपलडाँडा – राम्दी खण्डको हबी होटल अगाडिको घुम्ती अहिले “कालो घुम्ती” बनेको छ।बगनासकाली गाउँपालिका-4, सेरा। सिद्धार्थ राजमार्गकै सबैभन्दा जोखिमपूर्ण मोड मध्ये एक। 2. *दुर्घटनाको कारण – ‘कचुवाई/बेकर’*: – *घुम्ती धेरै साँघुरो + अचानक*: बुटवलबाट पाल्पा उकालो लाग्दा स्पिडमा आएको गाडीलाई मोड देखिँदैन। साइडको भीरले ब्लाइन्ड स्पट बनाउँछ। – *ढलान/ग्राभेलको समस्या*: घुम्तीमा ढलान भत्किएको, […]

error: Content is protected !!