२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

बर्दिया प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन एसपी बास्तोलाबाट शिलान्यास

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

सागर थापा (क्राईमबिट)
बर्दिया माघ २७ ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा ठाकुरबाबा नगरपालिका-३ स्थित बग्नाहमा निर्माण हुने प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन आइतबार आयोजित एक कार्यक्रमवीच शिलान्यास भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले भूमि पूजन सहित उक्त प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरेका हुन् ।
उक्त चौकीको नयाँ स्थायी भवन निर्माणका लागि बर्दिया जिल्ला निर्बाचन क्षेत्र नम्बर २ स्थानीय पुर्बाधार बिकाश कोष कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३, ४ र ५ को प्रति वडा १० लाखको दरले जम्मा ३० लाख रुपैयाँ रकम बिनियोजन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
साथै उक्त भवन निर्माणको लागि ठाकुरबाबा नगरपालिकाको बैठकबाट निर्णय गरी स्थानीय राजेन्द्र योगीको अध्यक्षतामा ९ सदस्सीय भवन निर्माण समिति गठन गरी सोही समितिको निर्णयानुसार भवन शिलान्यास भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!