१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

तराईको जिल्लाहरुमा अत्यधिक गर्मी बढ्दै,तिन दिन तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०७, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ ।

महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, पटकपटक पानी तथा झोल पदार्थ पिउन आग्रह गरेको छ ।

त्यस्तै, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता आदि भएमा तुरुन्त स्वास्थ्य चौकी लैजान महाशाखाले सूचित गराएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]

  दाङ । उहाँ पत्रकार, साहित्यकार र *घोराही बनाऔँ अभियानका संयोजक* हुनुहुन्छ। पछिल्लो अन्तर्वार्तामा उहाँले आफैं भन्नुभएको छ – > “स्थानीय निर्वाचनमा उठ्छु भनेर पहिले नै घोषणा गरिसकेको छु।” तर अहिले पद भन्दा काम ठूलो हो। उहाँको अभियानका मुख्य कुरा *१. घोषणाभन्दा काममा जोड:* “घोषणा गरेर मात्र नागरिकको विश्वास प्राप्त हुँदैन। नागरिकका बीचमा गएर काम […]