११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

विद्यालयमा विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ १३, २०८३

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो।

​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो।

​प्रशिक्षणका मुख्य विषयहरू:
#​भूकम्पीय सुरक्षा: भूकम्पको समयमा अपनाउनुपर्ने सावधानी र सुरक्षित रहने उपायहरू।
#​आगलागी नियन्त्रण: आगलागी हुँदा तत्काल आगो नियन्त्रण गर्ने व्यावहारिक विधि र ग्यास सिलिन्डरको सुरक्षा।
#​प्राथमिक उपचार: आपत्कालीन अवस्थामा घाइतेहरूको उद्धार र तत्काल गरिने प्राथमिक उपचारको अभ्यास।

​विपद् जतिबेला पनि आउन सक्ने भएकाले यस्ता व्यावहारिक ज्ञान र पूर्वतयारीले भोलिका दिनमा सम्भावित क्षति कम गर्न ठूलो मद्दत पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ। हाम्रा विद्यार्थी र शिक्षकहरूलाई यो अमूल्य र जीवनोपयोगी प्रशिक्षण प्रदान गर्नुभएकोमा लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्मको सम्पूर्ण टोलीप्रति विद्यालय हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछ।
​

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।