११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सदभावको सहर नेपालगन्ज मोहर्रममा सुरक्षामा बाँके जिल्लाका सुरक्षा अधिकारीहरुलाई सम्मान,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ १४, २०८३

बाँके । नेपालगन्जमा मनाइएको मोहर्रम पर्व शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। यसको लागि मैदानमा खटिएका जिल्लाका उच्च प्रशासनिक र सुरक्षा अधिकारीहरूलाई मुस्लिम समुदायले अतिनै महत्वपूर्ण सम्मान गरेको छ।

*सम्मानित व्यक्तित्वहरू:
1. प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाँके
2. प्रहरी प्रमुख एसपी जिल्ला प्रहरी कार्यालय बाँके
3. सशस्त्र प्रहरी प्रमुख एसपी सशस्त्र प्रहरी बल बाँके
4. नेपाली सेनाका प्रमुख कर्णेल सम्बन्धित पृतना/गुल्म
5. राष्ट्रिय अनुसन्धानका प्रमुख एसपी बाँके

फिल्डमै खटिएका अधिकारी मोहर्रम जस्तो संवेदनशील पर्वमा कार्यालयमा बस्ने होइन, सडकमा, जुलुसमा, भीडमा आफै उपस्थित भएर सुरक्षा दिए। त्यसैले समुदायको भरोसा जित्यो।

नेपालगन्जलाई “सदभावको सहर” भनिन्छ। हिन्दु, मुस्लिम, बौद्ध सबै समुदायको पर्वलाई राज्यले समान ढंगले हेर्दा सामाजिक एकता बलियो हुन्छ ।

मोहर्रम शोक र आत्मसंयमको पर्व हो। जुलुस, ताजिया र सामूहिक प्रार्थना हुन्छ। भीड धेरै हुने भएकाले ट्राफिक व्यवस्थापन, सुरक्षा घेरा, एम्बुलेन्स स्ट्यान्डबाइ जरुरी हुन्छ। अधिकारीहरू आफै फिल्डमा खटिएपछि कुनै अप्रिय घटना भएन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।