१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

बाँके प्रहरीद्वारा भारतबाट अवैध रूपमा ल्याएका ३ हजार वटा कुखुराका चल्लाहरु बरामद,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ १४, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिका२३, जङ्गलिसिंहपुरुवाबाट ठूलो परिमाणको चल्ला नियन्त्रणमा लिएको छ।

भारतबाट अवैध बाटो हुँदै नेपाल भित्र्याएको अवस्थामा ३ हजार वटा कुखुराका चल्लाहरु
नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय,नेपालगञ्ज, बाँकेमा बुझाइएको छ ।

क्वारेन्टाइन चेकजाँच छैन*: भित्र्याउनुअघि Bird Flu, Newcastle जस्ता रोगको जाँच हुँदैन। एउटै संक्रमित चल्लाले पूरै फार्म सखाप पार्न सक्छ।

भन्सार तिरेर ल्याएको चल्ला महँगो पर्छ। अवैध बाटोबाट ल्याउँदा स्थानीय किसान र व्यवसायी मारमा पर्छन्।

बाँके जिल्लाको खुला सिमानाका कारण राति मोटरसाइकल, भ्यानमा चल्ला छिर्ने गरेको छ।
तर पनि जिल्ला प्रहरी कार्यालय बाँकेले पटकपटक भारतीय बोइलर पक्राउ गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा परेको छ। प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, नागरिकमुखी सेवा, प्रशासनिक दक्षता तथा समग्र कार्यसम्पादनका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो। डीआईजी खत्रीको नेतृत्वमा […]

दाङ । घोराही उपमहानगरपालिका–१५, मुख्य बजार* आइतबार दिउँसो परेको वर्षापछि पूरै जलमग्न भएको छ। मुसलधारे वर्षा सुरु भएको केही समयमै सडक नदीजस्तै भयो। ढल निकास प्रणालीले थेग्न नसक्दा पानी सडकमा थुनिएर बजार क्षेत्र डुबानमा परेको हो। पसल, मोटरसाइकल, पैदल यात्रु सबैलाई समस्या भएको स्थानीयले बताएका छन्। ढल सानो, पानी धेरै: पुरानो बजारको ढल २० वर्ष […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका२३, जङ्गलिसिंहपुरुवाबाट ठूलो परिमाणको चल्ला नियन्त्रणमा लिएको छ। भारतबाट अवैध बाटो हुँदै नेपाल भित्र्याएको अवस्थामा ३ हजार वटा कुखुराका चल्लाहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय,नेपालगञ्ज, बाँकेमा बुझाइएको छ । क्वारेन्टाइन चेकजाँच छैन*: भित्र्याउनुअघि Bird Flu, Newcastle जस्ता रोगको जाँच हुँदैन। एउटै संक्रमित चल्लाले पूरै फार्म सखाप पार्न सक्छ। भन्सार […]

error: Content is protected !!