१५ आषाढ २०८३, सोमबार
29-06-2026 , Mon
×

डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी कार्यसम्पादन मूल्याङ्कनमा देशभरका पपहिलो स्थानमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ १४, २०८३

दाङ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा परेको छ।
प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, नागरिकमुखी सेवा, प्रशासनिक दक्षता तथा समग्र कार्यसम्पादनका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो।
डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीले प्रविधिमैत्री सेवा विस्तार, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली, एसएमएसमार्फत सेवाग्राहीलाई सूचना दिने व्यवस्था तथा अन्य सूचना–प्रविधिमैत्री सेवाहरू विस्तार गरिएको छ।
त्यस्तै, साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रम सञ्चालन गरी प्रहरी सेवामा नयाँ अभ्यासको सुरुआत गरिएको छ।
नागरिक केन्द्रित प्रहरी सेवाको अवधारणालाई व्यवहारमा उतार्दै डीआईजी खत्रीले मातहतका जिल्ला प्रहरी कार्यालय तथा सीमावर्ती प्रहरी इकाइहरूको नियमित अनुगमन गर्दै सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर अभिवृद्धिमा विशेष जोड दिएका छन्।
लुम्बिनी प्रदेश प्रहरीले सीमा सुरक्षा, अपराध नियन्त्रण, मानव बेचबिखन तथा ठगीविरुद्ध सञ्चालन गरेका विशेष अभियानबाट उल्लेखनीय सफलता हासिल गरेको छ। भारतको कुशीनगरलगायत विभिन्न स्थानमा बन्धक बनाइएका सयौँ नेपाली नागरिकको उद्धार तथा सङ्गठित अपराध सञ्जालमाथि गरिएको कारबाहीले प्रहरीको प्रभावकारिता थप पुष्टि गरेको छ।
प्रविधिको उच्चतम प्रयोग, व्यावसायिक नेतृत्व, कडा अनुशासन र नागरिकमैत्री सेवाका कारण डीआईजी खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरीले सङ्गठनभित्र मात्र नभई आम नागरिकमाझ पनि सकारात्मक छवि निर्माण गर्न सफल भएको छ। यही प्रभावकारी कार्यसम्पादनकै आधारमा लुम्बिनी प्रदेश प्रहरीले देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट स्थान हासिल गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा परेको छ। प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, नागरिकमुखी सेवा, प्रशासनिक दक्षता तथा समग्र कार्यसम्पादनका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो। डीआईजी खत्रीको नेतृत्वमा […]

दाङ । घोराही उपमहानगरपालिका–१५, मुख्य बजार* आइतबार दिउँसो परेको वर्षापछि पूरै जलमग्न भएको छ। मुसलधारे वर्षा सुरु भएको केही समयमै सडक नदीजस्तै भयो। ढल निकास प्रणालीले थेग्न नसक्दा पानी सडकमा थुनिएर बजार क्षेत्र डुबानमा परेको हो। पसल, मोटरसाइकल, पैदल यात्रु सबैलाई समस्या भएको स्थानीयले बताएका छन्। ढल सानो, पानी धेरै: पुरानो बजारको ढल २० वर्ष […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका२३, जङ्गलिसिंहपुरुवाबाट ठूलो परिमाणको चल्ला नियन्त्रणमा लिएको छ। भारतबाट अवैध बाटो हुँदै नेपाल भित्र्याएको अवस्थामा ३ हजार वटा कुखुराका चल्लाहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय,नेपालगञ्ज, बाँकेमा बुझाइएको छ । क्वारेन्टाइन चेकजाँच छैन*: भित्र्याउनुअघि Bird Flu, Newcastle जस्ता रोगको जाँच हुँदैन। एउटै संक्रमित चल्लाले पूरै फार्म सखाप पार्न सक्छ। भन्सार […]

error: Content is protected !!