१६ आषाढ २०८३, मंगलबार
30-06-2026 , Tue
×

पाकिस्तानद्वारा अफगागिनस्तानमा सैन्य आक्रमण २९ जना आतंकवादी मारिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १५, २०८३

एजेन्सी पाकिस्तान सरकारले अफगागिनस्तानमा सैन्य अभियान चलाएको छ। जसमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ।

आफ्नो सेनाले गोप्य सूचनाका आधारमा मध्यराति सैन्य अभियान सञ्चालन गरेको पाकिस्तान सरकारले जनाएको छ।

त्यहाँका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले यसबारे सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका छन्। उनले पाकिस्तानी सेनाले डुरान्ड रेखा नजिक स्थलगत अभियान सञ्चालन गरेको र त्यसपछि रेखा नजिकका क्षेत्रमा जमात–उल–अहरार र पाकिस्तान तालिबान आन्दोलन टीटीपी का आतंकवादी अड्डा र शिविरहरूमाथि लक्षित हवाई आक्रमण गरिएको उनको भनाइ छ।

तराडका अनुसार, खैबर पख्तूनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोश जबाल तथा जमात–उल–अहरारका अन्य तीन जना आतंकवादी मारिएको बताइएको छ।

बीबीसीका अनुसार, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको तथा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको र घाइते भएको बताएका छन्।  उनले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मसुरिया राप्ती गाउँपालिकाले सरुवा भई रुपन्देहीको रोहिणी गाउँपालिकामा जान लाग्नुभएका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीलाई सोमबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम गरी विदाइ गरेको छ। राप्ती गाउँपालिकामा करिब साढे ६ वर्ष प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएका ज्ञवालीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, […]

एजेन्सी पाकिस्तान सरकारले अफगागिनस्तानमा सैन्य अभियान चलाएको छ। जसमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ। आफ्नो सेनाले गोप्य सूचनाका आधारमा मध्यराति सैन्य अभियान सञ्चालन गरेको पाकिस्तान सरकारले जनाएको छ। त्यहाँका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले यसबारे सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका छन्। उनले पाकिस्तानी सेनाले डुरान्ड रेखा नजिक स्थलगत अभियान सञ्चालन गरेको र […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाइक मोडिफाई गर्नेहरूलाई कडा रूपमा कारबाही सुरु गरेको छ। नियम तोडेर साइलेन्सर फेर्ने, हर्न ठूलो राख्ने, नम्बर प्लेट काट्ने बाइकलाई *रु. १०,५० जरिवानातिराइँदैछ। ध्वनि प्रदूषण पटपटे/आवाज निकाल्ने साइलेन्सरले राति सुत्ने, बिरामी, स्कुल जाने बच्चा सबैलाई दुःख। कम्पनीले दिएको स्ट्यान्डर्ड बाहेकको पार्ट्सले ब्रेक, ह्यान्डलिङमा असर। दुर्घटनाको जोखिम बढ्छ। काटेर सानो […]

error: Content is protected !!