२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

राप्तीका महिला स्वास्थ्य स्वयंसेविकालाई रोग निगरानी सम्बन्धी अभिमुखीकरण

Logo
तुलबहादुर कवँर मगर प्रकाशित मंगलबार, आषाढ १६, २०८३

दाङ । मसुरिया,राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे।

अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा देखिने विभिन्न रोगका लक्षणहरूको पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै जानकारी प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायबारे सहजीकरण गर्नुभएको थियो। उहाँले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले समुदायमा रोगको प्रारम्भिक अवस्था पहिचान गरी सम्बन्धित निकायसम्म सूचना पुर्‍याउने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन रोग निगरानी प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,स्वास्थ्य शाखाका भारती सन्यासी, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद श्रेष्ठ लगायत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

राप्ती गाउँपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउँदै जनस्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]