१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्हद्वारा सुशोभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ २३, २०८३

दाङ । सरुवा भएर आउनुभएका सिनियर प्रहरी अधिकृतलाई स्वागत कार्यालयमा नयाँ सरुवा भई आउनुभएका सिनियर प्रहरी अधिकृतहरूलाई *लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेशमा स्वागत गर्नुभएको छ। नयाँ टिमले प्रदेशको शान्ति-सुरक्षामा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

साथै बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन प्रहरी सहायक निरीक्षक* पदबाट *प्रहरी नायव निरीक्षक* पदमा बढुवा नियुक्ति हुनुभएका प्रहरी नायव निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ। यो उहाँहरूको मेहनत र सेवाको सम्मान पनि हो।

बढुवा र नयाँ जिम्मेवारी दुवैले संगठनलाई बलियो बनाउँछ। प्रदेश प्रहरी प्रमुखले पनि नव-नियुक्त र बढुवा भएका सबैलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]