कैलाली । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) विरुद्ध सार्वजनिक रूपमा टिप्पणी गर्ने इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्न चौधरीलाई जिल्ला प्रहरी कार्यालयले फिर्ता बोलाएको छ।
एक औपचारिक कार्यक्रममा ‘म बालेनको प्रहरी होइन, जनताको सेवक हुँ’ भनी अभिव्यक्ति दिएपछि चौधरी विवादमा तानिएका थिए। प्रहरी स्रोतका अनुसार, पदीय आचरण विपरीत टिप्पणी गरेको भन्दै उनलाई सोधपुछका लागि जिल्ला झिकाइएको हो।