काठमाडौं । नेपाल प्रहरीको असई भएको भन्दै बर्दी लगाएर विभिन्न आश्वासन दिई १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा इलाम नगरपालिका–१० की ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो। प्रहरीले उनका विरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।