१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

बर्दियामा जिल्ला ट्राफिक प्रहरीको आयोजनामा ट्राफिक सचेतना अभियान विशेष सचेतनामूलक बोर्डहरू स्थापना,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २५, २०८३

बर्दिया । जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि हुलाकी सडक खण्डमा विशेष सचेतनामूलक बोर्डहरू राखेको छ।

बर्दिया जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा टोली खटिएको थियो ।

बर्दिया जिल्ला हुलाकी सडक खण्ड अन्तर्गतका विभिन्न स्थानहरूमा हुलाकी सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने

हुलाकी सडक साँघुरो, घुमाउरो र केही ठाउँमा मर्मत नभएको कारण दुर्घटनाको जोखिम बढी हुन्छ। त्यही भएर “गति नियन्त्रण गर” अति आवश्यक बाहेक ओभरटेक नगर्नुहोस्”, “पैदलयात्रीलाई प्राथमिकता” जस्ता बोर्डहरू राखेर चालक तथा सर्वसाधारणलाई सचेत गराइएको छ ।

ट्राफिक प्रहरीले यस्तो बोर्ड राख्ने र नियमित चेकिङ गर्ने कामले दुर्घटना घटाउन ठूलो मद्दत गर्छ। तर अन्तिममा सुरक्षित यात्रा हामी चालकको हातमा पनि हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]