२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
×

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २६, २०८३

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन ।

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।

शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो ।

वीर अस्पतालका चिकित्सकहरूका अनुसार उनको अनुहार, टाउको र घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको थियो ।
काठमाडौं त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन ।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एकापसमा ठोक्किएका […]

नवलपरासी । नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो। तर […]

बाँके । नेपाल प्रहरीको ३० वर्ष भनेको सानो समय होइन। दिन-रात, चाडपर्व, घाम-पानी नभनी देश र जनताको सुरक्षामा बिताउनु भएको हरेक दिन अमूल्य छ। बाँके जस्तो संवेदनशील जिल्लामा सेवा गर्नु भनेको थप चुनौती र जिम्मेवारी पनि हो। अब अवकाश पछिको *नागरिक जीवन सुखद, स्वस्थ र सरल* होस्। परिवारसँग धेरै समय बिताउने, आफ्ना रहरहरू पूरा गर्ने […]

error: Content is protected !!