१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

गढवामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते केहीकाे अवस्था गम्भीर, प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २७, २०८३

दाङ । गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एकापसमा ठोक्किएका हुन्।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि लमही अस्पताल पठाएका छन्।

घाइते हुनेमा  गढवा–१ जेठानगाउँ निवासी २३ बर्षिय पदम कुमाल(मोटरसाइकल चालक), सोही ठाउँका १४ बर्षिय सुजन मगर(सवार), गढवा–४ खड्गपुर निवासी चण्डी भनिने मोहमद सहिद मनिहार,(मोटरसाइकल चालक),  सोही ठाउँका ३० बर्षिय मक्सत अलि(पछाडी सवार) र सोही ठाउँका २८ बर्षिय साहिल मनियार(पछाडी सवार) छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]