दाङ । गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एकापसमा ठोक्किएका हुन्।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि लमही अस्पताल पठाएका छन्।
घाइते हुनेमा गढवा–१ जेठानगाउँ निवासी २३ बर्षिय पदम कुमाल(मोटरसाइकल चालक), सोही ठाउँका १४ बर्षिय सुजन मगर(सवार), गढवा–४ खड्गपुर निवासी चण्डी भनिने मोहमद सहिद मनिहार,(मोटरसाइकल चालक), सोही ठाउँका ३० बर्षिय मक्सत अलि(पछाडी सवार) र सोही ठाउँका २८ बर्षिय साहिल मनियार(पछाडी सवार) छन्।