२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

दुर्गेश थापा र प्रियंका कार्की‘मास्टर्नी’ चलचित्रको गीत विवादमा परेपछि युट्युबबाट हटाइएर माफी मागे,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०१, २०८३

काठमाडौं । शिक्षक र शिक्षण पेसाप्रति अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले उक्त गीतप्रति आपत्ति जनाएका छन् ।

गीतमा अमर्यादित र संस्कृति भड्काउने शब्द प्रयोग गरिएको भन्दै पेसागत संघ-संगठनले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

३२ असार, काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो ।

निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो ।

प्रियंका र दुर्गेशले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै माफी पनि मागेका छन् ।

यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए ।

‘उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित ‘शिक्षक–शिक्षिका’ पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु,’ नायिका कार्कीले भनेकी छिन्, ‘कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन । यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालजस्तो कृषि प्रधान देशमा आर्थिक समृद्धिको सबैभन्दा बलियो आधार कृषि नै हो। तर विडम्बना, हाम्रो देशमा कृषिलाई अझै पनि परम्परागत पेशाका रूपमा मात्र हेर्ने प्रवृत्ति कायम छ। उत्पादन, प्रशोधन, बजार र उद्यमशीलतासँग जोडेर कृषिलाई आर्थिक विकासको मुख्य आधार बनाउन सकेको खण्डमा नेपालमा रोजगारी सिर्जना, आय वृद्धि र जनतालाई प्रत्यक्ष राहत प्रदान गर्ने काम […]

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]