२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सशस्त्र प्रहरीमा बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि तालिम सुरु

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
काठमाडौं फागुन १ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम संचालन भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गरे ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको चर्चा गरे । उनले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु राज्यले सुम्पियको जिम्मेवारी निर्वाहमा उच्च मनोवलकासाथ कृयाशिल रहेको कुरा समेत उल्लेख गरे ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागि सहयोगि सिद्ध रहने यस्ता तालिमहरु नियमित रुपमा संचालन गरिदा अपेक्षाकृत उपलब्धि हासिल हुन मद्दत पुग्ने चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपालले वन्यजन्तुको चोरीसिकासी एवं वन्यजन्तु अपराध नियन्त्रणमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै कार्यसम्पादन गरिरहेको बताए ।
उनले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान र सिप आफू मातहतकालाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका संयोजक गोपालप्रकाश भट्टराईले तालिमको महत्वमाथि प्रकाश पार्दै जैविक विविधतामा धनी रहेको हाम्रो देश नेपालमा वन्यजन्तु संरक्षणमा रहेको चुनौती सामना गर्नको लागि सम्वद्ध विभिन्न निकायहरुसँग समन्वय गर्दै आफुहरु अगाडी बढिरहेको बताए ।
उनले जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि समेत महत्वपूर्ण रहने चर्चा गर्दै यसको संरक्षणका लागि सामुहिक प्रयास अपरिहार्य रहने बताए ।
सशस्त्र प्रहरी बल नेपाल र केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको आयोजनामा तीन दिनसम्म संचालन हुने उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ५ जना र सशस्त्र प्रहरी निरीक्षकहरु ३० जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!