काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् ।
· चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ ।
· चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । जसका कारण मृगौला खराब हुने जोखिम ५१ प्रतिशत सम्मले बढ्दछ ।
· अनुसन्धान अनुसार चुरोटमा फेनानथरेन नामक रसायन पाइन्छ । जसले रगतमा मिलेर डिएनएमा क्षति पूराउँदछ । जसका कारण क्यान्सरको खतरा बढ्दछ ।
स्मरण रहोस् चुरोटमा आर्सेनिक, एमोनिया, बेन्जिन, निकोटिन, कार्बन मोनोअक्साइड तथा फर्माल्डिहाइड जस्ता हानिकारक रसायन पाइन्छन् ।