२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

बर्दियामा नदीजन्य घटनामा डुबेर १० जनाको मृत्यु एक जना बेपत्ता, प्रहरीको तथ्यांक

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

बर्दिया । नदी, खोला र नहरमा नुहाउने क्रममा, माछा मार्ने, दाउरा संकलन गर्दा डुबेर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।

साउन १० मा राजापुर नगरपालिका–५ मा मैलाखोलामा पौडी खेल्दा १४ वर्षीय पुजन परियारको मृत्यु भएको थियो । साउन १९ मा बढैयाताल गाउँपालिका–२ का ३५ वर्षीय गोपाल सुनारको मैलाखोलामा माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी रेशम बोहोराले बताए ।

साउन २५ मा गेरुवा–३ की ७६ वर्षीया जगमति थारु कर्णाली नदीमा डुबेर वेपत्ता भइन् । उनको शव दुई दिनपछि फेला परेको प्रहरीले जनाएको छ । गत असार २६ मा बासगढी–३ का ११ वर्षीय उत्तम थारु घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा मृत्यु भएको थियो ।

गत असार २४ मा गेरुवा–४ का २४ वर्षीय प्रदिप थारु कर्णाली नदीनजिक भैंसी चराउन गएकोमा फर्काउने क्रममा डुबेर बेपत्ता भएका छन् । उनको खोजी गरिए पनि फेला नपरेको डिएसपी बोहोराले बताए । नदी खोलामा जाँदा सुरक्षाको मापदण्ड नअपनाउँदा डुबेर मृत्युका घटना हुने गरेको प्रहरीको भनाई छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले खोलानालामा नुहाउन जाँदा, दाउरा संकलन गर्दा सुरक्षाको मापदण्ड नअपनाउँदा यस्ता दुर्घटना हुने गरेको बताए । ‘विपद् व्यवस्थापन समितिले यस्ता घटना नहुन दिन जनचेतनामूलक कार्यक्रम त गरिरहेको छ, तर रोक्न सकेका छैनौं,’ उनले भने, ‘यस्ता घटना थाहा हुनासाथ सुरक्षाका सबै अंग उद्धार कार्यमा परिचालन हुने गरेका छन् ।’ डुबेका घटनाको उद्धार कार्यका लागि पर्याप्त दक्ष जनशक्ति र सामग्रीको आवश्कता रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ बोरा अवैध पटाका बरामद गरी ३ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३/०५/१९ गते राति सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा तुलसीपुर उपमहानगरपालिका–५, नामेनगरस्थित एक किराना पसलको गोदामबाट ५ बोरा ठूला र ३ बोरा […]

दाङ । केही समयअघि देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बनेको थियो। ग्यास पाउने आशामा मानिसहरू पानी, घाम र थकानको पर्वाह नगरी तीन–तीन दिनसम्म लाइनमा बस्न बाध्य थिए। ग्यास आउँछ कि भन्ने आशामा दिनरात प्रतीक्षा गर्दा कतिपय ग्राहकका सिलिन्डरसमेत हराएका गुनासाहरू आएका थिए। यस्तो अव्यवस्थित र पीडादायी अवस्थाबाट सर्वसाधारणलाई मुक्त गर्न घोराही बनाउँ अभियानका […]