०१ भाद्र २०८३, सोमबार
17-08-2026 , Mon
×

पश्चिम नवलपरासीस्थित सुस्तामा निर्माणाधीन अस्थायी बाँध नारायणी नदीले बगायो किसान चिन्तित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

नवलपरासी । साउन १७ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुस्ताको बाँध भत्काएपछि स्थानीयले प्रतिकार गरेका थिए। एसएसबीले बाँध भत्काए पनि सुस्तावासीले श्रमदान गरेर बाँध निर्माण गरिरहेका थिए।

तर निरन्तरको वर्षासँग नारायणी नदीमा बाढी आएपछि बाँध बताएको छ। स्थानीय बाबु खानले शुक्रबा बाँध बगाएर नदी बस्तीमासमेत पसेको थियो। उनकाअनुसार नदी नजिकै रहेको थारू बस्तीलगायतमा पसेको थियो भने अहिलेसम्म २०औँ बिघा जमिन पनि कटान गरेको छ।

नदीले जमिन कटान गरेपछि स्थानीय चिन्तित भएका छन्। खानकाअनुसार नदीको कटान रोक्न यहाँ बाँध निर्माणका लागि २० दिनदेखि स्थानीयले श्रमदान गरिरहेका छन्।

केही दिन नेपाल आर्मी र सशस्त्र प्रहरीलेसमेत श्रमदान गरेका थिए। तर अस्थायी बाँधका जाली र बोरामा राखिएका माटो नदीले बगाएपछि अब के गर्ने भन्नेमा स्थानीय अन्योलमा परेका छन्।

शनिबार पनि नदीको कटान निरन्तर जारी रहेको छ। नदी बाँध भत्काउँदै उखु खेती गरेको खेतहरू कटान गरिरहेको छ। यहीरुपमा नदीले कटान गरिरहेमा केही दिनमा सुस्ता गाउँनै बगाउने जोखिम रहेको खानले बताए। ‘हामीले २० दिनदेखि बाँध निर्माणका लागि श्रमदान गरेका छौँ। तर त्यही बाँध पनि नदीले बगाएको छ। नदीले २०औँ बिघा जमिन कटान गरेको छ’, उनले भने ‘यहीरुपमा नदीले कटान गरिरहेमा केही दिनमा सुस्ता गाउँ पनि बगाउँछ।’

उनले स्थानीय ३-४ सयको संख्यामा नदी कटान रोक्न बाँध निर्माणका लागेको भए पनि सरकारकोतर्फबाट आश्वसनबाहेक बाँकी सहयोग प्राप्त नभएको बताए।

बजेट राखेर छिटो बाँध निर्माणमा सरकारले तत्काल तदारुकता देखाउनुपर्ने उनको भनाइ छ। ‘हामीले २० दिनदेखि श्रमदान गरेर बनाएको बाँधको जाली बगायो। बोराहरू बगाएको छ। आज पनि बगाइरहेको छ’, खानले भने ‘हामीले अब सक्दौनौँ। सरकारले नै तत्काल काम गर्नुपर्छ। नत्र सुस्ता बगाउँछ।’

सुस्ताको बाँधकाे अवस्थाबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुगमन गर्दै बाँध निर्माणमा बजेट अभाव हुन नदिने बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कास्की । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल […]

रोल्पा । थबाङ गाउँपालिका ५, बोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्री एवं सशस्त्र प्रहरी बलका महानिरीक्षक डिआईजी दिपक अधिकारीबाट सम्पन्न भएको छ। निरीक्षणका क्रममा डीआईजीदुय बाट भएका निर्देशनहरू क्षति व्यवस्थापन: पहिरोबाट भएको भौतिक तथा मानवीय क्षतिको तत्काल व्यवस्थापन गर्न जोखिम […]

कास्की । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल […]