०१ भाद्र २०८३, सोमबार
17-08-2026 , Mon
×

दुबै प्रदेशका डिआईजी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण उद्धार कार्यमा खट्न निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

रोल्पा । थबाङ गाउँपालिका ५, बोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्री एवं सशस्त्र प्रहरी बलका महानिरीक्षक डिआईजी दिपक अधिकारीबाट सम्पन्न भएको छ।

निरीक्षणका क्रममा डीआईजीदुय बाट भएका निर्देशनहरू क्षति व्यवस्थापन: पहिरोबाट भएको भौतिक तथा मानवीय क्षतिको तत्काल व्यवस्थापन गर्न जोखिम न्यूनीकरण घटनास्थल र वरपरको क्षेत्रमा थप जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न खोज तथा उद्धार बेपत्ता भएका व्यक्तिहरूको तीव्र खोजी र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्न ।

शोक तथा समवेदना पहिरोमा परी घाइते हुनुभएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा उद्धार, राहत र पुनर्स्थापनाको कार्यलाई तीव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कास्की । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैयाँ बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलन टोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल […]

रोल्पा । थबाङ गाउँपालिका ५, बोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्री एवं सशस्त्र प्रहरी बलका महानिरीक्षक डिआईजी दिपक अधिकारीबाट सम्पन्न भएको छ। निरीक्षणका क्रममा डीआईजीदुय बाट भएका निर्देशनहरू क्षति व्यवस्थापन: पहिरोबाट भएको भौतिक तथा मानवीय क्षतिको तत्काल व्यवस्थापन गर्न जोखिम […]