०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

आईजिपी पौडेलद्वारा बाँके बर्दिया सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा थप सक्रिय हुन निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०९, २०८३

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षणका क्रममा भएका मुख्य कामहरू:

बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो।

आवश्यक निर्देशन खटिएका जवानहरूको मनोबल उच्च राख्दै अनुशासन, जिम्मेवारी र सेवाभावका साथ काम गर्न निर्देशन दिनुभयो। सीमा सुरक्षा, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा थप सक्रिय हुन आग्रह गर्नुभयो।
सरोकारवालासँग अन्तरक्रिया सीमा नाकालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने विषयमा जिल्ला सुरक्षा समिति, भन्सार प्रशासन, अध्यागमन र स्थानीय प्रशासनका प्रमुखहरूसँग छलफल गर्नुभयो।

महानिरीक्षक पौडेलको भनाइ:
“सीमा क्षेत्रमा हुने राजश्व चुहावट, अवैध ओसारपसार र अपराध नियन्त्रणका लागि सबै सुरक्षा निकायबीच समन्वय र आधुनिक प्रविधिको प्रयोग आवश्यक छ। सम्पूर्ण नाकालाई स्मार्ट नाकाको रूपमा विकास गर्ने सशस्त्र प्रहरीको योजना छ।”

उहाँले नाकामा हुने चेकजाँचलाई प्रभावकारी बनाउन र जनतालाई सेवा प्रवाहमा सहजता दिन सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]