बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ।
बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको र पक्राउ परेकामाथि बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी प्रतीक सिंह राठोरले जानकारी दिएका छन ।