१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
×

काठमाडौँ-मुग्लिन सडक सञ्चालनमा अलपत्र सवारी यात्रुलाई गन्तव्यतर्फ पठाइँदै प्रहरीहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ ।

उहाँले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिए । “बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो, त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ । लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भने ।

यसैबिच, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी त्रिशुली क्षेत्र बाढी पहिरोपछिको भयावह अवस्थाका बीच नेपाल प्रहरी शव व्यवस्थापनमा जुटेको छ। नारायणी र त्रिशुली नदी किनारमा बगेर आएका शवहरूलाई संकलन गरी पहिचान गर्ने र परिवारलाई बुझाउने काममा प्रहरीको टोली दिनरात खटिएको छ। *इलाका प्रहरी कार्यालयको भनाइ: “अहिलेसम्म धेरै शव फेला परेका छन्। केहीको पहिचान खुल्न सकेको छैन। हामीले सबै शवलाई […]

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ […]

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ। भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ। चार दिनसम्म मृत्यु हुनेको […]