१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
×

३ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्ग गल्छी मलेखु सडक खण्ड अन्तत: सञ्चालनमा आयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १२, २०८३

चितवन । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो ।

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न र चुनौतीपूर्ण रहेको बताए।

उनले भने, ‘सामान्यतया सडक अवरुद्ध भएको २ देखि ४ घण्टाभित्र खुलाउने हाम्रो अनुभव र कार्यतालिका हुने गर्थ्यो, तर यसपटक सडकमा जम्मा भएको पाँगो माटो बाहिरबाट हेर्दा ठोस देखिए पनि मेसिनले चलाउनासाथ लेदो (पेस्ट) मा परिणत हुने प्रकृतिको थियो । बस्तीका कारण निकासको अभाव र मेसिनरी उपकरण पुर्‍याउने देखिएको कठिनाइका बाबजुद तीन दिनको निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौँ ।’

सडक खुलाउन निर्माण व्यवसायी, सुरक्षा निकाय, स्थानीय सरकार र सर्वसाधारणले संयुक्त रूपमा श्रम र साधन परिचालन गरेका थिए ।

सुरक्षा संवेदनशीलता र मौसमसम्बन्धी प्रतिकुल सूचनाका कारण बीचमा केही घण्टा काम स्थगित गर्नुपर्दा सडक सञ्चालनमा केही ढिलाइ भएको विभागले जनाएको छ । हाल पहिलो चरणमा राजमार्गमा अलपत्र परेका र अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ । सडक विभागले अझै पनि जोखिम कायमै रहन सक्ने भन्दै आम सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिङ,। पृथ्वी राजमार्ग प्रश्न : इन्स्पेक्टर साब, अहिले पृथ्वी राजमार्गको अवस्था कस्तो छ? प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का अहिले पृथ्वी राजमार्गको अवस्था एकदमै जोखिमपूर्ण छ। मुग्लिन-काठमाडौं खण्डमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। विशेष गरी चुम्लिङटार, जोगिमारा र सिम्ले नजिकै सडक हिलाम्मे र चिप्लो भएको छ। एकतर्फी मात्र सवारी चलिरहेको छ। *प्रश्न : सवारीसाधन चलिरहेका छन् कि ठप्प […]

चितवन । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । […]

धादिङ । पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा आयोजित भोजनमा २६० जनाभन्दा बढी यात्रु सहभागी भएका छन् । राजमार्ग आज पनि सहज रूपमा खुल्ने सम्भावना नदेखिएपछि बेलुकाका लागि समेत भोजनको व्यवस्था गरिएको छ । विपद्को समयमा यात्रुहरूको साथमा उभिएको गजुरीका युवाहरूको यो […]