२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

भारतमा नक्कली मदिरा सेवनबाट १५ जनाको मृत्यु १०० भन्दा बढी व्यक्तिहरु उपचाररत,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, भाद्र २३, २०८३

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्।

घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो।

सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्।

उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएका छन्। साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ।

स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ। दोषी ठहरिएकामाथि कडा कारबाही गरिने प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालजस्तो कृषि प्रधान देशमा आर्थिक समृद्धिको सबैभन्दा बलियो आधार कृषि नै हो। तर विडम्बना, हाम्रो देशमा कृषिलाई अझै पनि परम्परागत पेशाका रूपमा मात्र हेर्ने प्रवृत्ति कायम छ। उत्पादन, प्रशोधन, बजार र उद्यमशीलतासँग जोडेर कृषिलाई आर्थिक विकासको मुख्य आधार बनाउन सकेको खण्डमा नेपालमा रोजगारी सिर्जना, आय वृद्धि र जनतालाई प्रत्यक्ष राहत प्रदान गर्ने काम […]

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]