२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अनुशासन तथा इमान्दारिता फौजको गहना हो सशस्त्र IGP : खनाल

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

सागर थापा
काठमाडौँ फागुन २ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । बुधबारको मन्त्रिस्तरीय निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल, हरिशङ्कर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।
सो अवसरमा महानिरीक्षक खानालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै उहाँले आआफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व बहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवामा सक्रिय रहनसमेत निर्देशन दिनुभयो ।
चरेशसहित दुई पक्राउ
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० स्थित हिरा इँटा उद्योगबाट चार किलो ५०० ग्राम चरेससहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–५ का ४२ वर्षीय ईश्वर मगर र २२ वर्षीय भक्त मगर रहेका छन् । महागरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । यस्तै चन्द्रागिरि नगरपालिका–१३ मितेरीचोकस्थित सडकमा गत पुस २२ गते बा३ख १८३३ नंको कान्तिपुर इङलिस एकेडेमी गोंगबुको विद्यार्थी सवार बस दुर्घटनापश्चात फरार रहेका बस चालक धादिङ गल्छी गाउँपालिका–२ का ४० वर्षीय केदार रिमाललाई पक्राउ गरिएको प्रहरीले एक सूचना जारी गरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!