बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो।
टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ।
त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारी साधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ। सवारीमा जोडिएका वैकल्पिक सिट तथा मुढा चालक/धनी स्वयंले निकालेर कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।