१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

बाँकेको कोहलपुरमा बालिकाको संवेदनशील अंग छोएको आरोपमा कुटिए स्वास्थ्यकर्मी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १८, २०८३

बाँके । कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीले चेकजाँचका क्रममा बालिकालाई संवेदनशील अंगमा हात लगाएको भन्दै बिरामी र उनका आफन्तले कुटेका छन् । तर त्यसरी पिटाई खाने व्यक्ति डाक्टर नभएर सिएमए गरेका स्वास्थ्यकर्मी गणेशबहादुर थापा हुन् ।

शनिबार उनको मेडिकलमै पुगेर बिरामी र उनका आफन्तले कुटेका हुन् । पाको उमेरका स्वास्थ्यकर्मीले गोप्य अंगमा हात लगाएपछि ती बालिकाले आफन्तलाई भनेकी थिइन् । केही समयमा मेडिकलमा आफन्तसहित पुगेका उनीहरुले पटकपटकउनलाई कुटेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । पेट दुःखेर पुगेकी ती बालिकालाई डाक्टरले जबर्जस्ती सुरुवाल खोलेर गोप्य अङ्गमा हात लगाएको आरोपमा हातपात भएको हो ।

तर ती डक्टरले बिरामीले सेतो पानी बग्ने, गानोगोला भएको र तल्लो पेट दुखेको बताएकाले बिरामीकै आग्रहमा चेक गरेको भन्दै कुनै गलत उद्देश्य नभएको बताएका छन् ।

पिटाइ खाएका स्वास्थ्यकर्मीलाई हिजै नियन्त्रणमा लिएको र आज अर्को पक्षलाई पनि बोलाइएको बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]