०९ मंसिर २०८३, बुधबार
25-11-2026 , Wed
×

घटस्थापनादेखि काठमाडौंदेखि नारायणघात मुग्लिङ सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो।

निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक सवारीसाधनको अत्यधिक चाप हुने भएकाले यात्रुको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो।

तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने निर्वाध सञ्चालन गर्न पाउनेछन्।

यसअघि बैठकले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै २३ असोजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल बुढा मगर सवारी दुर्घटनामा परी घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा उपचाररत रहनुभएकोमा निजको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। जिल्ला प्रहरी कार्यालय, दाङ तथा यस कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट स्वेच्छिक सहयोगस्वरूप संकलित नगद *रु. ८२,५००/- (अक्षरेपी बयासी हजार पाँच सय रुपैयाँ)* एकमुष्ट रूपमा […]

बाँके । नेपालगञ्ज सिख समुदायको महान् पर्व गुरु नानक जयन्तीको शुभअवसरमा नेपालगञ्ज गुरुद्वारा प्रबन्ध समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय जनमत पार्टीका संयोजक इरफान अहमद शेष उर्फ बुलडोजर बाबाले सम्पूर्ण सिख समुदायलाई आफ्नो तर्फबाट तथा राष्ट्रिय जनमत पार्टी परिवारको तर्फबाट हार्दिक शुभकामना तथा मुबारकबाद व्यक्त गर्नुभयो। सो अवसरमा गुरुद्वारा समितिद्वारा […]

दाङ,। रोल्पाको दुर्गम गाउँ रुन्टीगढी गाउँपालिका–४ मा जन्मिएर अति संघर्षपूर्ण जीवन पार गर्दै व्यवसायमा स्थापित भएका प्रकाश बि.क. ले नेतृत्व गरेको श्री पि.के. निर्माण सेवा प्रा.लि. उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङले ‘राष्ट्रिय कर दिवस, २०८३’ को अवसरमा आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई सम्मान गरेको हो । कम्पनीका […]

error: Content is protected !!